Section 35
केन्द्रको कोष
(१) केन्द्रको एउटा छुट्टै कोष रहनेछ ।
(२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकमहरु रहनेछन्ः–
(क)  नेपाल सरकारबाट प्राप्त रकम,
(ख)  केन्द्रले अनुसन्धान कार्य वा परामर्श सेवा प्रदान गरे बापत प्राप्त रकम,
(ग)  अन्तर्राष्ट्रिय संघ, संस्था, विदेशी सरकार वा निकायबाट ऋण वा अनुदान सहयोगको रुपमा प्राप्त रकम,
(घ)  अन्य कुनै स्रोतबाट प्राप्त रकम ।
(३) केन्द्रको नामबाट गरिने सबै खर्च उपदफा (१) बमोजिमको कोषबाट व्यहोरिनेछ । 
(४) केन्द्रले उपदफा (२) को खण्ड (ग) बमोजिमको रकम प्राप्त गर्नको लागि नेपाल सरकार, अर्थ मन्त्रालयको पूर्वस्वीकृति लिनु पर्नेछ ।
(५) कोषमा रहने रकम समितिले तोकेको बैड्ढ वा वित्तीय संस्था सम्बन्धी प्रचलित कानून बमोजिम “क” वर्गको इजाजतप्राप्त बैङ्कमा खाता खोली जम्मा गरिनेछ ।
(६) केन्द्रको खाताको सञ्चालन केन्द्रको विनियममा तोकिए बमोजिम हुनेछ ।